राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन जरुरी: प्रदेश प्रमुख भट्ट

प्रदेश प्रमुखसमक्ष महालेखा परीक्षकको छैटौं वार्षिक प्रतिवेदन पेस

पाेखरा | जेठ १७, २०८१

राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन जरुरी: प्रदेश प्रमुख भट्ट

पोखरा:     गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले राज्यका सबै क्षेत्रमा आर्थिक अनुशासन अपरिहार्य रहेको बताउनुभएको छ । उहाँले आर्थिक अनुशासन कायम गर्नका लागि सबै तह उत्तिकै जिम्मेवार बन्नुपर्नेमा पनि जोड दिनुभयो ।


महालेखा परीक्षकको छैटौं वार्षिक प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख भट्टले यस्तो बताउनुभएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा ९३० बमोजिम महालेखा परीक्षकको कार्यालयका नायव महालेखापरीक्षक जयराम घिमिरेले प्रतिवेदन प्रदेश प्रमुखलाई पेश गर्नुभएको हो ।  


प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख भट्टले प्रतिवेदनको अध्ययन गरी प्रदेशमा आर्थिक सुशासन कायम गर्नका लागि प्रदेश सरकारलाई सुझाव दिने बताउनुभयो । उहाँले गण्डकी प्रदेशसभाले यस प्रतिवेदनमाथि छलफल गर्ने पनि जनाउनुभयो । उहाँले बेरुजु रकमलाई जति कम बनाउन सकिन्छ उति नै आर्थिक समृद्धि हाँसिल हुने उल्लेख गर्नुभयो ।
 

बेरुजु फछ्र्योटका सन्दर्भमा प्रतिवेदनले उल्लेख गरेका विषयवस्तुलाई कार्ययोजनासहित कार्यान्वयनको खाँचो पनि उहाँले औंल्याउनुभयो ।  


नायव महालेखापरीक्षक घिमिरेले महालेखाले क्षेत्रगत रुपमा औँल्याएका विषयलाई इमान्दार भएर कार्यान्वयन गरेको खण्डमा बेरुजु न्यूनिकरण हुने बताउनुभयो । उहाँले आर्थिक अनुशासन कायम गर्न पनि बेरुजु फछ्र्योटमा गम्भिर बन्नुुपर्ने उल्लेख गर्नुभयो ।


कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव सेवन्त राज दाहाल, महालेखा परीक्षकको कार्यालयका निर्देशक बुद्धिराज बसेल लगायत सहभागी हुनुहुन्थ्यो ।

काठमाडौं:  नेपाली कांग्रेस (देउवा पक्ष) को केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गरेको छ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले आयोगले माघ २ गते गरेको निर्ण...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा जारी मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।  पोखरा–१४ मनकामना टोलको खेल मैदानमा जारी प्रतियोगितामा शुक्रबार नवज्योत...

थप पढ्नुहोस्

पोखरा: कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा सम्पन्न भएको छेलो प्रतियोगितामा पर्वतका मिलन सुनारले विजयी भएका छन् ।  माघी मेलाको अवसरमा सभा युला सभाथर  परिवारको आयोजनामा सम्पन्न भएको प्रति...

थप पढ्नुहोस्